११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

भेडा चराउन गएका रामबहादुर हिमपातले गुर्जामा बेपत्ता


जनमञ्च संवाददाता
  • १६ पौस २०७८ , शुक्रबार

  • भेडा चराउन गएका रामबहादुर हिमपातले गुर्जामा बेपत्ता
    फाइल तस्वीर

    म्याग्दी, १६ पुस – भेडा चराउन गएका म्याग्दीका रामबहादुर छन्त्याल बेपत्ता भएका छन । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार उनी बिहिबार बिहानै भेडा चराउन गएका थिए ।

    गुर्जा भन्ने ठाउँ हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका १ मा पर्दछ । छन्त्यालसँगै भेडा चराउन गएका अन्य तीनजना भने सम्पर्कमा आएका छन । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका हुन ।

    बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक भने हिउँमा फसेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी श्यामकुमार राईले जानकारी दिए ।

    घटना हुनासाथ गृहमन्त्रालयमा जानकारी गराइएको र उद्धारका लागि हेलिकोप्टर बोलाइएको सूचना अधिकारी पन्तले जानकारी दिए । गृहमन्त्रालयले हेलिकप्टर पठाएतापनि बिहिबार भने उनीहरुको उद्धार हुन सकेन । हेलिकप्टर पोखरा फर्किएको र शुक्रबार पुन उद्धार गरिने उनले जानकारी दिए ।

    भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।

    यता, मनाङमा पनि बुधबारदेखि हिमपातका कारण बाटो भुलेर एकजना बेपत्ता भएका छन । भेडीगोठमा काम गर्ने नासो गाउँपालिका ४ का ५३ वर्षीय आछुयु गुरुङ बुधबारदेखि हराइरहेका छन । तीनजनाको समूहमा गएका गुरुङ भेडीगोठ सार्ने क्रममा जंगलमा हराएका हुन ।

    मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यका अनुसार गुरुङ गोठबाट गाउँ फर्कने क्रममा बाटो भुलेर सम्पर्कविहिन भएका हुन ।

    बुधबार बिहान गोठमा गएका गुरुङ जंगलमा हिउँ पर्ने हुँदा गाउँ फर्किँदै थिए । उनीभन्दा छिटो हिँड्ने साथीहरु गाउँमा फर्के । तर, व्यापक हिमपातका कारण र विस्तारै हिँड्दा उनी जंगलमा नै हराएका हुन । उनको खोजीकार्य भइरहेको प्रजिअ आचार्यले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend