१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

र्यापर लाउरेलाई ८ दिन थुनामा राख्न अनुमति


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • र्यापर लाउरेलाई ८ दिन थुनामा राख्न अनुमति

    पोखरा, १७ पुस – लागुऔषध कारोबार आरोपमा पक्राउ परेका ¥यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करिब ७ बजेतिर लागुऔषधसहित पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागुऔषधसहित पक्राउ गरेको थियो ।

    बिहीबार सार्वजनिक बिदा भएका कारण शुक्रबारमात्रै अनुसन्धानका लागि अदालती प्रक्रिया थालेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागुऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

    पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । ‘सबै गरेर उहाँहरुबाट १३.०१ ग्राम ब्राउन सुगर फेला परेको छ,’ प्रवक्ता तिवारीले भने । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८,३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

    प्रहरी स्रोतका अनुसार युवापुस्तामाझ चर्चित लाउरे भनिने आशिष रानाले लागुऔषध सेवन गर्ने स्वीकारिसकेका छन् । ‘लाउरेले ड्रग नलिँदासम्म स्टेज नै उक्लिन सक्दिनँ भनेर प्रारम्भिक बयानमा भन्नु भएको छ,’ प्रहरी स्रोतले भन्यो ।

    कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

    पोखरा नयाँबजारका राना ‘रअ बाज’ ¥याप ब्याटल पछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत कलाकारका रुपमा काम गरिसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend