८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेको १९ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित (सूचीसहित)


जनमञ्च संवाददाता
  • २४ पौस २०७८ , शनिबार

  • एमालेको १९ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित (सूचीसहित)

    पोखरा, २४ पुस – नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ। हालसम्म १९ जिल्ला अध्यक्ष सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटनका क्रममा भने जस्तै हालसम्म विभिन्न १७ जिल्ला र दुई गैरभौगोलिक जिल्ला अध्यक्ष सर्वसम्मत छानिएका छन्।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लाको नतिजा आएको हो।

    रिजालका अनुसार अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।

    नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

    उता धादिङमा संघीय सांसदसमेत रहेका भूमि त्रिपाठी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

    नेता महेश बस्नेतको पकड रहेको भक्तपुरमा बचन देउजाले अध्यक्षको जिम्मेवारी पाएका छन्।

    उता एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका छन्।

    नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बन्न सफल भएका छन्।

    कुन जिल्लामा को ?

    प्रदेश १
    झापा : दीपक कार्की
    मोरङ : ऋषिकेश पोखरेल
    खोटाङ : रामप्रसाद दंगाल

    प्रदेश २ 
    सप्तरी : ताराकान्त चौधरी

    बागमती
    धादिङ : भूमि त्रिपाठी
    काभ्रेपलाञ्चोक : अशोक ब्याञ्जु
    भक्तपुर : बचन देउजा

    गण्डकी
    गोरखा : प्रेम गुरुङ

    लुम्बिनी
    पाल्पा : धनेन्द्रराज घिमिरे
    गुल्मी : बालकृष्ण काउछा मगर
    अर्घाखाँची : पिताम्बर भुसाल
    बाँके : किस्मत कुमार कक्षपति
    बर्दिया : लालबहादुर श्रेष्ठ
    दाङ : हुकुम बहादुर बस्नेत

    कर्णाली
    डोल्पा : शेरबहादुर बुढा
    सल्यान : गोविन्द पुन मगर

    गैर-भौगोलिक जिल्ला
    पेशागत विशेष : उमेश ढकाल
    मजदुर विशेष : जीतेन्द्र श्रेष्ठ

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend