९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अनिश्चयकै बीच आहा ! राराकपको घोषणा


जनमञ्च संवाददाता
  • २७ पौस २०७८ , मंगलबार

  • अनिश्चयकै बीच आहा ! राराकपको घोषणा

    पोखरा, २७ पुस – खेल हुने÷नहुने अनिश्चयकै बीच २० औं संस्करणको आहा ! रारा गोल्डकपको समय तालिका सार्वजनिक गरिएको छ ।

    कोभिडको नयाँ भेरियण्ट ओमिक्रोन बढेसँगै स्थानीय प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरिरहेकै बेला सोमबार आयोजक सहारा क्लब पोखराले माघ ६ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

    आयोजक सहारा क्लब पोखराका अध्यक्ष सुरज गुरुङ (हरिराम)ले पोखरा रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेकाले स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गराउँदै प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । प्रतियोगितामा यसपटक १० टिममात्रै सहभागी गराउने उनले बताए । यसअघि प्रतियोगितामा १२ टिमको सहभागिता हुँदै आएको थियो ।

    सोमबार आयोजित पत्रकार सम्मलेनमा सहाराका महासचिव रामजीप्रसाद अधिकारीले निश्चित दर्शक राखेर प्रतियोगिता आयोजना गर्नका लागि स्वास्थ्य तथा सुरक्षा निकायहरुसँग छलफल भइरहेको जानकारी दिए । ‘हामी सबैले खोप लगाइसकेका छौं,सामाजिक दूरी कायम गरेर प्रतियोगिता आयोजना गर्ने हाम्रो सोच हो’,उनले भने,‘लकडाउन नै भयो भने त हाम्रो केही लाग्दैन ।’

    प्रतियोगितामा आयोजक सहारा क्लब, अमेरिकाको विवाइएससी अर्थात् अमेरिका बस्ने भुटानी सरणार्थीको क्लबसहित ३ विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी तथा संकटा, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, मछिन्द्र र हिमालयन शेर्पा क्लबको सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्न १ करोड ६ लाख र आम्दानी १ करोड ३६ लाखको हाराहारीमा हुने उनले अनुमान लगाए ।

    उनका अनुसार १९ औं संस्करणमा ७६ लाख ५० हजार ६ सय ४७ आम्दानी र ६३ लाख १ हजार १९९ रुपैयाँ खर्च भएको थिाये । बचत भएको १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालनमा खर्च गरिएको उनले बताए । सहाराले संचालन गरेको सो फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित छन् ।
    क्लबले अनाथ तथा असहाय बालकहरुलाई पालनपोषणका साथमा फुटबल सिकाउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend