पोखरा, २७ पुस – ‘बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ उद्घाटन खेलमा पोखरा वडा नं २० भलामले विजय प्राप्त गरेको छ । भलामले पोखराकै दिप यूनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।
पोखराको एबिसी क्लव ‘बि’ र चितवन भेट्रान्सबीचको अर्को खेलमा पाहुना टोली चितवन ५–० ले विजयी भएको छ ।
यसअघि प्रतियोगिताको गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने छ ।