बागलुङ, २७ पुस – एकता सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पून ध्रुबप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन । सहकारीको २३ औं वार्षिक साधारण सभाबाट शर्मा अध्यक्षमा चयन भएका हुन ।
सहकारीको उपाध्यक्षमा युवराज राजभण्डारी, सचिवमा महेन्द्रप्रसाद कँडेल, कोषाध्यक्षमा पवनलाल राजभण्डारी, सह–सचिवमा सुनिता पुरी, सदस्यमा खगराज शर्मा, हरिराम अधिकारी, बाबुकाजी केसी, कृष्णराज शर्मा, सिर्जु राजभण्डारी, कल्पना श्रेष्ठ, सानु भारी र सिताकुरमारी केसी चयन भएका छन् ।
सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा एकबहादुर केसी, सदस्यमा शिवराज शर्मा र रितादेवी शर्मा चयन भएका छन् । सहकारीले सोमबार नयाँ सञ्चालक समितिको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
निर्वाचन समितिका संयोजक काजीगाउँले श्रेष्ठले नयाँ सञ्चालक समितिलाई सपथ ग्रहण गराएका थिए । संस्थामा १ हजार २२६ जना शेयर सदस्य, ८ करोड ९ लाख २ हजार शेयरपूँजी रहेको संस्थाका प्रबन्धक दिपकराज राजभण्डारीले जानकारी दिए ।