१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

स्याङ्जामा १६ महिने बालकको विभत्स हत्या


जनमञ्च संवाददाता
  • २८ पौस २०७८ , बुधबार

  • स्याङ्जामा १६ महिने बालकको विभत्स हत्या

    वालिङ, २८ पुस – स्याङ्जाको वालिङ-१० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ ।

    पर्वतको पैयूँ गाउँपालिका-५ घर भई हाल वालिङ-१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ-१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो। मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend