बागलुङ, २९ पुस – प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्ष पत्रकार नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन् । बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषध्यक्षमा खेमराज गौतम चयन भएका छन् ।
कमिटिको सदस्यमा मनिसा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, अनिस पाठक, बिक्रम पौडेल, सचदेव क्षेत्री, कृषिता अधिकारी, करिस्मा क्षेत्री, जीवन पाण्डे, रोहन जिसी र शिव बोहरा चयन भएको निवर्तमान अध्यक्ष उमाकान्त शर्माले वताए ।