१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

म्याग्दीको एउटै स्कुलका १२ शिक्षक र विद्यार्थीमा कोरोना पुष्टी


जनमञ्च संवाददाता
  • १ माघ २०७८ , शनिबार

  • म्याग्दीको एउटै स्कुलका १२ शिक्षक र विद्यार्थीमा कोरोना पुष्टी

    बेनी, १ माघ – म्याग्दीको रघुगंगा गाउँपालिका-३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा एकैपटक १२ शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि शुक्रबार विद्यालयका अन्य शिक्षकसहित कर्मचारी र विद्यार्थीको कोरोना परीक्षण गरिएको थियो ।

    उक्त परीक्षणमा थप १ शिक्षक र १० विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । उनका अनुसार विद्यालयमा १७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरुमा गरिएको परीक्षणमा १० जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    एकै पटक ठूलो संख्यामा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि १० दिनका लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ । ‘कोरोनाको लक्षण देखिएमा सम्पर्कमा आउन समेत अनुरोध गरेका छौं । संक्रमतिको नजिक रहेकालाई समेत सुरक्षित बस्न अनुरोध गरिएको छ,’ सुवेदीले भने ।

    संक्रमित विद्यार्थीका अभिभावकसहित घरका अन्य सदस्यहरुलाई शनिबार कोरोना परीक्षणका लागि अस्थायी कोभिड अस्पतालमा लैजाने तयारी गरिएको छ । शिक्षकहरुको अस्थायी कोभिड अस्पताल पिप्ले र विद्यार्थीहरुको विद्यालयमै एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । १० दिनपछि पुनः कोरोना परीक्षण गरिने र संक्रमण नभेटिएपछि मात्रै विद्यालय सुरु हुने गाउँपालिकाले जनाएको छ ।

    जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले स्थानीय तहलाई स्मार्ट लकडाउनको कार्यविधि अनुसार निर्णय गर्न अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेपनि म्याग्दीमा भने स्थानीय तहले तत्काल विद्यालय बन्द गर्न आवश्यक नभएकाले सञ्चालन गरिरहेका छन् ।

    जिल्लामा कोभिडको संक्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेपनि विद्यालयमै संक्रमति भेटिएपछि जोखिम ह्वात्तै बढेको छ । जिल्लामा संक्रमति भेटिएको विद्यालयलाई मात्रै बन्द गर्ने गरी स्थानीय तहले तयारी गरेको अवस्थामा नियमित विद्यालय सञ्चालन भइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend