१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

२ रुपैयाँको नयाँ सिक्का बजारमा


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • २ रुपैयाँको नयाँ सिक्का बजारमा

    काठमाडौं, ३ माघ – नेपाल राष्ट्र बैंकले दृष्टिविहीनले स्पर्श गरेर चिन्न सक्ने विशेषता भएको दुई रुपैयाँ दरको नयाँ सिक्का बजारमा ल्याएको छ ।

    केन्द्रीय बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको २ रुपैयाँ दरको सिक्का पुस ३० गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ ।

    सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    यस्तै माथिल्लो  भागमा  अंग्रेजीमा र तल्लो भागमा नेपालीमा दुई रुपैयाँ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

    सिक्काको अग्रभागको बीचमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले  जनाएको छ ।

    सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको जनाएको छ ।

    त्यस्तै आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरी चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको जनाएको छ ।

    सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको तथा सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको केन्द्रिय बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend