१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण आवश्यक: मन्त्री कँडेल


जनमञ्च संवाददाता
  • ४ माघ २०७८ , मंगलबार

  • पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण आवश्यक: मन्त्री कँडेल

    बागलुङ, ४ माघ – गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणमा जोड दिएको बताएका छन् । बागलुङ पर्यटन विकास समितिसँगको संक्षिप्त भेटघाट कार्यक्रममा उनले सडक मात्र नभइ प्रमुख गन्तव्यहरुमा पुग्न पदमार्ग निर्माणमा पनि चासो राखेको बताए । त्यसका लागि सानो रकम भएपनि सहयोग समेत गर्न सकिने उनले बताए ।

    बागलुङस्थित गाजाको दहदेखि गाजाको धुरी, पञ्चकोट, बेलढुंगादेखि संसारकोट आउने पदमार्ग बनाउने काममा स–सानो लगानी गर्न लागेको जानकारी गराए ।

    ‘कतिपय अत्यावश्यक स्थान र सानो लगानीबाट धेरै फाइदा लिन सकिन्छ भने त्यस्तो स्थानमा सहयोग गर्ने योजना छ,’ उनले भने, ‘प्याराग्लाइडिङको विकास गर्न युवालाई तालिम दिने काममा पनि मन्त्रालयले साथ दिन्छ ।’ युवा लक्षित तालिम सञ्चालन गरेर प्याराग्लाइडिङलाई विकास र विस्तार गर्न लागेको उनले बताए ।

    उनले होटल व्यवसायीलाई मन्त्रालयले दिने निब्र्याजी रकम लिन पनि आग्रह गरे । व्यवसाय प्रवद्र्धनका लागि १५ लाख रुपैयाँसम्म निब्र्याजी दिन खोज्दा व्यवसायी नआएको उनको टिप्पणी थियो ।

    ‘साहुको ब्याज तिरेर ऋण लिनुभन्दा सरकारले दिएको ऋण लिनुहोस्, त्यसबाट व्यवसाय प्रवद्र्धनमा सहयोग मिल्छ,’ उनले भने, ‘पहिलो ६ महिना तिर्नु नपर्ने, त्यसपछि साँवाको किस्ता मात्रै तिर्न पाइने व्यवस्था व्यवसायीले बुझेनन् ।’ यो अभियानले कोरोनाबाट थलिएका व्यवसायीलाई केही राहत हुने उनले बताए ।

    त्यस्तै, चालु वर्षदेखि मन्त्रालयले कर्मचारीलाई भ्रमण खर्च दिने योजना उनले सुनाए । ‘होमस्टे वा होटलमा घुमेर आउ, सरकारले पैसा दिन्छ भनेका छौं,’ उनले भने, ‘यो कामले होटल र होमस्टे व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा सहयोग मिल्नेछ ।’ मामाघर र ससुराली गएर घुम्नेलाई भने त्यो सुविधा नमिल्ने उनले बताए ।

    समितिले बागलुङमा सूचिकृत भएका पर्यटन क्षेत्र र कला तथा संस्कृतिको सरक्षण र प्रचारका लागि मन्त्रालयको साथ र सहयोग चाहिएको अध्यक्ष राजु खड्काले बताए । ‘हामीले गर्ने कामले मन्त्रालयकै गरिमा बढाउनेछ,’ खड्काले भने, ‘केही दस्तावेज निर्माणमा मन्त्रालयले साथ दिनुपर्छ ।’ मन्त्री कँडेलले चालु वर्ष केही र आगामी वर्ष केही साथ र सहयोग गर्ने आश्वासन पनि दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend