८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन बाँकी

एमालेमा ६२ जिल्ला नेतृत्व चयन, को कहाँ अध्यक्ष ?


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • एमालेमा ६२ जिल्ला नेतृत्व चयन, को कहाँ अध्यक्ष ?

    काठमाडौं, ५ माघ – नेकपा (एमाले)को जिल्ला अधिवेशनबाट ६२ जिल्लामा नेतृत्व चयन भएको छ। विशेष जिल्ला २ र ६ वटै प्रदेश सम्पर्क कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

    गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६२ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन बाँकी छ।

    यस्तै, मौसम र आन्तरिक विवादका कारण धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम (पूर्व), रोल्पा, हुम्ला र बझाङमा अधिवेशन हुन सकेको छैन। यी सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण कम भएपछि अधिवेशन हुने भएको छ।

    त्यस्तै, एमालेको गैरभौगोलिक जिल्ला विशेषमा पनि नेतृत्व चयन भएको छ। यससँगै ६ वटै प्रदेशमा सम्पर्क कमिटीमा पनि नेतृत्व चयन भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend