८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

    पोखरा, ५ माघ – जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ ।

    तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बुधबार एक सूचना जारी अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका हुन् ।

    उनले राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको जानकारी दिएका छन् । ‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइनख आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend