१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

सुन्तला बेचेर नाम्सीकोटका किसान मालामाल !


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • सुन्तला बेचेर नाम्सीकोटका किसान मालामाल !

    सुुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ । सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं ।

    तनहुँ, ६ माघ – गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएका छन् शुक्लागण्डकी नगरपालिका ११, नाम्सीकोटका कमल महतको परिवारले । कोदो मकै फल्ने बारीमा लगाईएको १२ सय बोटले त फल दिन थालिसकेको छ ।
    महत परिवारले यो वर्ष सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् ।

    महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला पु¥याएर बिक्रि गरेका हुन् । ‘यसपालि राम्रो फलेको थियो । बेलाबेलामा बर्षात हँुदा कुहिएर धेरै झरे । पानी नपरेको भए अझ धेरै कमाई हुन्थ्यो होला,’ उनले भने । सुन्तला बिक्रीबाट भएको कमाइबाट करिब पाँच लाख रुपैयाँ त गोडेमेल, खनजोेत, औषधिउपचार र मलजलमा खर्च हुने उनले बताए ।

    जरेबरका दुर्गा भुजेल पनि यसपाली सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिन सफल भए । १३ लाख ९० हजार रुपैयाँको सुन्तला उनको बगानबाटै बिक्री भएको हो । आम्दानी भएको रकमबाट दुई लाख रुपैयाँ गोडमेल र खनजोतका लागि छुट्याएको उनले बताए ।

    उनका अनुसार बाँकी रकम केही घर खर्चमा सकिन्छ त केही रकम बचत समेत हुन्छ । ‘कोदो मकै लगाउन छाडेर बारीभर सुन्तला मात्र लगाएका छौं । आम्दानीको मुख्य स्रोत नै सुन्तला बनेको छ पछिल्ला वर्षहरुमा,’ उनले भने ।

    बगानको सुन्तलाले बजार पाउनलाई कुनै समस्या नरहेको भुजेलले जानकारी दिए । ‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ,’ उनले भने, ‘सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं । मेहनतको अनुसार मूल्य नपाएको जस्तो लाग्छ ।’

    महत र भुजेल प्रतिनिधि किसान मात्र हुन् । यी दुईले जस्तै शुक्लागण्डकी नगरपालिका ११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैचे, ज्याङलादीका हरेक घरले सुन्तला बिक्रीबाट लाखौं रुपैयाँ आम्दानी गर्छन । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ ।

    सुन्तलाका लागि हावापानी र माटो उपयुक्त भएपनि यस क्षेत्रका किसानले ६० को दशक पछाडी मात्र व्यवसायिक सुन्तला खेती थालेका हुन् । सुन्तलता खेतीमा लागेपछि किसानको जिवनस्तर उकासिएको सुन्तला जात फलफुल ब्लक सञ्चालक समिति नाम्सीकोटका अध्यक्ष जगत महत बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको नाम्सीकोट सुन्तला ब्लकमा १३३ किसान आबद्ध छन् । समुहमा आबद्ध हरेक किसानले कम्तीमा एक लाख रुपैयाँदेखी ४५ लाख रुपैयाँसम्म बर्षेनी आम्दानी लिने उनले बताए ।

    यो बर्ष झण्डै चार करोड रुपैयाँको सुन्तला ब्लक क्षेत्रबाट बाहिरिएको उनले जानकारी दिए । विगतका केही बर्षयता बर्षेनी चार करोड रुपैयाँकै हाराहारीमा सुन्तला विक्रीबाट किसानले आम्दानी लिदैँ आएका छन् ।

    ‘कोदो मकैको खेती गर्ने चलन त यतातिर हराईसक्यो । सबै सुन्तला खेतीमा रमाएका छन् । आम्दानी राम्रो भएपछि सबैको दिलोज्यान सुन्तला खेतीमा छ’, ब्लक सञ्चालक समितिका अध्यक्ष महतले भने । महत भन्छन्, ‘सुन्तला फुलेपछि नटिप्दासम्म हाँगा हाँगमा पैसा फले जस्तो लाग्दछ ।’ उनका अनुसार गाउँका अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्केर सुन्तला खेतीमा रमाईरहेका छन् । सुन्तलाका विरुवाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

    नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैँचे, ज्याङलादीका हर घरमा सुन्तलाको सानाठुला बगान छ । मंसिरदेखी १५ माघसम्म सुन्तलाले पहेँलपुर देखिन्छ यो क्षेत्र । सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरुको प्रतिष्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौँको कालिमाटी बजार बाहेक अन्त कतै जादैन् ।

    सुन्तलालले मनग्य आम्दानी मात्रै दिएको छैन् स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफुल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए ।
    ‘सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, सडकसम्म बोकेर ल्याउने र लोड गर्नलाई स्थानीयले रोजगारी पाउँछन् । टिपेर सकिएपछि फेरी एक महिना गोडमेल गर्नलाई पनि रोजगारी सिर्जना हुन्छन्,’ उनले भने । सुन्तला टिप्न र गोडमेल गर्न जानेले दैनिक सात सय रुपैयाँसम्म ज्याला पाउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend