९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नीति कथा : असल साथी


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • नीति कथा : असल साथी

    बेन्ज नाम गरेका एक समय एउटा अखबार निकाल्थे। यही क्रममा एक पटक उनी गहिरो आर्थिक संकटमा परे। त्यही समय उनी थुप्रै साथीलाई गुहार्न पुगे । छरछिमेक र आफन्तसँग पनि भेटमा निस्किए । उनलाई एकजना मित्रको याद आयो। उनी मित्रसित मद्दत लिनका लागि उनकै घरमा गए। सबै कुराकानी सुनिसकेपछि मित्रले उनलाई २० डलर दिएर मद्दत गरे।

    केही वर्षपछि बेन्जको आर्थिक स्थितिमा सुधार आयो। उनले आफूलाई अप्ठ्यारो पर्दा आफूलाई एकै वचनमा मद्दत गर्ने साथीलाई सम्झिए। २० डलर फिर्ता गर्ने मनसायले उनी साथीकहाँ पुगे। उनले सहयोग गरेवापत भनेर ती साथीका लागि उपहार पनि लिएर गएका थिए । तर ती साथीले रकम नै लिन इन्कार गरे। उनी छक्क परे। ती साथीले भने, ‘त्यो रकम त मैले तिमीलाई मद्दतका लागि दिएको थिएँ। कसरी फिर्ता लिन सक्छु ?’

    बेन्जले जवाफ दिए, ‘तिमी ठिक भनिरहेका छौ। तर जब म रकम फिर्ता गर्ने स्थितिमा हुन्छु तब किन तिम्रो ऋणी बनिरहुँ ?’ बेन्ज साथीलाई यो वा त्यो उदाहरण भन्दै बुझाउन थाले । दुईबीच केहीबेर बहस चलिरह्यो। दुवै जना मिलेर बहसलाई टुंग्याउने उपाय निकाले। उपाय के निकालियो भने उक्त २० डलर बेन्जले आफ्नै साथमा राख्ने र यदि कुनै व्यक्तिलाई सहयोग गर्नुपर्ने अवस्था आए उसलाई दिने।

    नैतिक शिक्षा : अप्ठ्यारोमा असल साथी नै काम लाग्छ। असल साथीले नै त्यो गुन सम्झन्छ र मागेको रकम फिर्ता पनि गर्छ। असल साथीले नै हो, गरेको गुन फिर्ता लिनुपर्छ भन्ने मनसाय पनि राख्दैन। र सही साथीले नै त्यस्तो रकम पुनः अर्को अप्ठ्यारोमा पर्नेलाई सहयोग गर्छु भन्ने बुझाइ बनाउँछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend