१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

‘यार्सागुम्बा’ ह्विस्की जापान निर्यात


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • ‘यार्सागुम्बा’ ह्विस्की जापान निर्यात

    काठमाडौं, ९ माघ – नेपाली बजारमा विदेशी मदिराको बर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले ‘यार्सागुम्बा’ ह्विस्की विदेश निर्यात सुरु गरेको छ। एभरेष्ट हर्ब्स प्रालीले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ जापान निर्यात भएको छ। जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो।

    यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्ट्रेलिया, चीन निर्यात हुँदै आएको थियो। नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ।

    जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले बताए। नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको उनले बताए।

    यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। भण्डारीका अनुसार जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुर्‍याउने तयारी छ। अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केही कम्पनीसँग कुराकानी भएको उनले बताए।

    लण्डनबाट एमबीए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन्। जापानको होटल र रेष्टुरेण्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिट्टै जापानका मुख्य सहरका प्रख्यात होटल र रेष्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए।

    यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ। यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ। स्वाथ्यका लागि औषधिको गुणसमेत रहेको कम्पनीको दाबी छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend