काठमाडौं, ९ माघ – निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउन भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक रूपमा पदाधिकारी बैठक राख्ने भएको छ।
बैठक आज दिउँसो १ बजे पछि बस्ने र निर्वाचन आयोगले पठाएको पत्रबारे आवाश्यक निर्णय गर्ने राप्रपाका नेताले बताएका छन्।
निर्वाचन आयोगले यही माघ २ गते दुई पृष्ठ लामो एक पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको हो।