८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सिर्जना: अनि झसंग भएछु !


क्रिश अर्याल 'जिज्ञासु'
  • १३ माघ २०७८ , बिहिबार

  • सिर्जना: अनि झसंग भएछु !

    दुई अन्जान व्यक्तिहरूको मिलन फेसबुकमा भयो
    हाई, हेल्लोबाट कुरा सुरु हुन थाल्यो
    सुरुमा हामी दुवै अन्जान थियौं
    विस्तारै कहिले यता, कहिले उताबाट कुराकानी सुरु हुन थाल्यो
    खाना खायौ? के गर्दै छौ? भन्दै कुराहरू अघि बढ्न थाल्यो।

    उनीले बोलेका ती प्रत्येक शब्दहरू सुन्दा
    मेरो मन निकै आनन्दित हुन्थ्यो
    र लाग्थ्यो उनी नै मेरो जिन्दगी हो
    एयरफोन टोकी-टोकी घन्टौँ गरेका ती गफहरू
    जिन्दगीको यो लामो सफरको हरेक मोडमा
    कहिल्यै साथ नछोड्ने ती कसमहरू
    दिनको सुरुआत र दिनको अन्त्य उनकै मिठो र
    सुरिलो आवाजसँगै गरेका ती ठट्टाहरू

    कुराहरू बढ्दै गएपछि एकअर्कालाई भेट्ने कौतुहलता जाग्यो
    उनको र मेरो घर भने निकै टाढा थियो
    जसोतसो हामीबीच भेटघाट भएरै छाड्यो
    उनलाई प्रत्यक्ष रुपमा देख्दा मेरा आँखा हेरेको हेरै भयो।

    उनको मृगको जस्तो नयन, सलक्क परेका ती लामा कपाल
    मैयुरको जस्तो बदन अनि चन्द्रमुखीजस्तो मुहार
    गुरुत्वाकर्षण झैँ मेरो मन र तन उनी तिरै आकर्षित हुँदै गयो।

    विस्तारै म उनी तिर नजिक हुँदै गएँ
    मेरो मन निकै डराए पनि म
    मेरो मनका कुराहरू भन्न उनको नजिक गएरै छाडेँ
    मैले उनीलाई- के तिमी मेरो जीवनको सहयात्री हुन्छौ? भनि सोधेँ
    उनले मुसुक्क मुस्कुराउँदै केही भनिनन्।

    त्यसपछि मैले कफी खान जाने हो? भनेर उनलाई सोधेँ
    उनीले हुन्छ भनेपछि मैले उनको हात समाई
    उनीलाई राजकुमारी झैँ क्याफे तिर लगेँ
    त्यो पहिलो भेटलाई अविस्मरणीय बनाउन मैले
    उनलाई फूल र उपहार स्वरुप औँठी दिएँ।

    कुराहरू एकअर्काबीच साटिँदै गयो
    अब उनको र मेरो परिवारबीच हामीले कुरा अघि बढाउने निर्णय गर्यौँ
    तर उनले सधैँ यस कुरा टार्न खोज्थिन्
    विस्तारै हामीबीच दूरी बढ्दै गयो
    अब भने हाम्रोबीच कुराकानी पातलिँदै गयो।

    उनलाई चाहेर पनि भुलाउन गाह्रो हुन्छ
    उनीसँग बिताएका ती पलहरू जति सम्झियो
    त्यति यो मन भक्कानिँदै यी आँखाबाट आँसु झर्छ
    मानिसको मन पनि स्वार्थी हुँदो रहेछ
    जुन कुरा मनपर्यो, त्यो मनलाई बिर्साउन नै कठिन हुँदो रहेछ।

    मेरा मानसपटलमा यिनै कुराहरू खेल्न थाले
    उनीसँग बिताएका ती सुनौला पलहरू
    अझै पनि मेरो मनमा झलझली सम्झना आउन थाले
    अनि झसंग भएछु
    खोइ केको सोचमा डुबेछु
    म त आफैमा हराएछु।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend