१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

५३ लाख हिनामिना गर्ने वडासचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


जनमञ्च संवाददाता
  • १४ माघ २०७८ , शुक्रबार

  • ५३ लाख हिनामिना गर्ने वडासचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
    Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

    काठमाडौं, १४ माघ – सामाजिक सुरक्षा भत्ता र राजस्व रकम हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का वडासचिवसहित ३ जनाविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ बिगो कायम भ्रष्टाचार चलाएको छ ।

    वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

    गतवर्ष चैत २४ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्व रकम हराएको थियो । त्यसरी शंकास्पद रुपमा हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार, उक्त रकम राखिएको दराजको सेफको साचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको साचो निलप्रसाद मिश्रले बोकेका थिए । तर, ताल्चा लगाएको ठाउँमा कुनै तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत गरेको देखिएन ।

    वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेको अभियोग आयोगले लगाएको हो । तीनै जनाबाट उक्त रकम असुल हुनुपर्ने माग आयोगको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend