८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

वर्षा भन्छिन्: ‘मनोरन्जनका नाममा मानवीय संवेदनाको व्यापार बन्द गरौँ’


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • वर्षा भन्छिन्: ‘मनोरन्जनका नाममा मानवीय संवेदनाको व्यापार बन्द गरौँ’

    काठमाडौं,१६ माघ – पछिल्लो समय अभिनेत्री वर्षा शिवाकोटी चर्चामा आइरहने कलाकार भएकी छिन्। अघिल्लो वर्षसम्म यी अभिनेत्रीको फिल्मी बजारमा त्यति धेरै चर्चा हुँदैनथ्यो।

    उनी फिल्ममा उम्दा चलेकी कलाकार पनि होइनन्। पशुपतिप्रसादमा बुनु बनेर देखिएपछि अलि नोटिस भएकी वर्षा पछिल्ला वर्षहरुमा प्रेम र विछोडका कुराले चर्चामा छिन्।

    अघिल्लो वर्ष मात्रै अमेरिकामा बस्ने एक युवाको प्रेममा पूर्ण बिराम लगाएकी वर्षा त्यस लगत्तै राज कटुवालको प्रेममा परिन्। राजसँगको प्रेम पनि टुटेको खबर बजारमा चलिसकेको छ। वर्षाको प्रेम र वियोगको खबरले बजार तताइरहेका बेला वर्षाले सामाजिक सञ्जाल मार्फत दुखेसो पोखेकी छिन्। उनले लामो स्टाटस पोस्टाउँदै कलाकारको चाहिँ व्यक्तिगत जीवन हुँदैन हो भनेर प्रश्न गरेकी छिन्।

    वर्षाले लेखेकी छिन्, ‘पर्दाको चमक धमकपूर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ। तर सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ।’

    उनी अगाडि लेख्छिन्, ‘मानवीय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं, र सच्याउँ। एउटा कलाकारको जीवनमा पनि सुख दुःख, उतार चढाव र आरोह अवरोह प्रसस्त हुन्छन्। पर्दा बाहिर निस्कने बित्तिकै यथार्थको भोगाइमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।’

    कलाकारले पनि कतिपय कुरा गोप्य राख्न चाहने उनले उल्लेख गरेकी छिन्।

    उनले प्रश्न गर्दै लेखेकी छिन्, ‘एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनका केही कुरा गोप्य राख्छु भन्न पाउँदैन र ?’

    उनले व्यक्तिको आत्मसम्मानमा ठेस पुग्नेगरी सामग्री नबनाउन पनि आग्रह गरेकी छिन्।

    भन्छिन्, ‘कुनैपनि सामग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौँ। मनोरन्जनको नाममा मानिसको संवेदनाको व्यापार बन्द गरौँ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend