१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एक किलो सुनसहित पोखराबाट रमेश पक्राउ


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • एक किलो सुनसहित पोखराबाट रमेश पक्राउ

    पोखरा, १६ माघ – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् ।

    अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो ।

    प्रहरीले माइक्रोमा जाँचका क्रममा रमेशको साथबाट चारपाटे बिस्कुट आकारको सुन बरामद गरेको हो । उनको साथबाट विभिन्न बैंकका ३ थान चेकबुकसमेत प्रहरीले बरामद गरेको छ ।

    पोखरा–१५ रामबजार बस्ने उनलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend