२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ


दीपक समीप
  • १७ माघ २०७८ , सोमबार

  • अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ

          १) मुक्तक

    टुप्पोबाट पलाउनेको बलियो जरो होस् भन्छु,

    मलाई सताउनेको पनि सधैं भलो होस् भन्छु।

    अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ,

    हे दैव! उसको बिमार चाँडै सन्चो होस् भन्छु।

       २) मुक्तक

    पासो नै सही उन्को प्रेममा अल्झिने रहर छ,

    छ न त जुनीभर उनीसँगै जोडिने रहर छ।

    अरे! कोही र आऊ मलाई शहीद बनाइदेऊ,

    उनकै घरअघि शालिक भई उभिने रहर छ।

      ३) मुक्तक

    सुखमा सबै ठिक लाग्छन् यो परिवेश मन्दिर लाग्छ,

    दशा चल्दा आफ्नै बार्दली पनि छंगाछुर भिर लाग्छ।

    आमा हुँ, समय खराब छ तिमी आफ्नो ख्याल गर,

    घरबाट निस्केकी छोरी, घर नआइन्जेल पिर लाग्छ।

    ४) मुक्तक

    झरीमा आफ्नो छाता अरूले नै ओढेर गइदिए,

    जानेले झन् जान्छु पनि नभनी छोडेर गइदिए।

    अचेल मन्दिर बाहिरको शिलाझैं भएको छु म,

    कसैले कुल्चेर गइदिए, कसैले  ढोगेर गइदिए।

      ५) मुक्तक

    विचमा छोडी जानेलाई थोरै पश्चाताप भैदिए हुन्थ्यो,

    बस्नेको पनि अन्तिम बेलासम्म साथ भैदिए हुन्थ्यो।

    धस्नेले यो छातीमा छुरा निकै गहिरोसँग धसेकै हो,

    उनको सम्झना आउनलाई पनि दाग भैदिए हुन्थ्यो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend