९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमालेले थाल्यो स्थानीय निर्वाचन तयारी

बैशाखमा चुनाव गराउन एमाले प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने


जनमञ्च संवाददाता
  • १७ माघ २०७८ , सोमबार

  • बैशाखमा चुनाव गराउन एमाले प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने
    थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठक

    काठमाडौं, १७ माघ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ।

    थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन सबै शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताएका छन्।

    सरकारमाथि दबाब बढाउन पार्टीका सबै जनसंगठनलाई एकसाथ परिचालन गर्ने निर्णय भएको पनि भट्टराईले जानकारी दिएका छन्।

    यसबारेमा पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने निर्णय लिँदै एमालेले आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय बैठकले गरेको छ। केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनमा पार्टीका मातहत कमिटीहरूलाई तयारी थाल्न पनि निर्देशन दिएको भट्टराईले बताएका छन्।

    बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ। यो बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणामको पनि समीक्षा गरेको छ। बैठकले राष्ट्रियसभामा एमाले पहिलो दल नै रहेको निचोडसहित गठबन्धनको औचित्य नरहेको ठहर गरेको छ।

    भट्टराईले १६ बाहेकका जिल्लाको अधिवेशनले पार्टीलाई व्यवस्थित गरेको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनबारे पनि सचिवालयमा छलफल गर्ने निर्णय लिएको भट्टराईले बताएका छन्।

    पार्टी सञ्चालनका लागि नियमावलीलाई अगाडि बढाउन त्यसको ड्राफ्ट सचिवालय बैठकमा पेस गर्ने निर्णय पनि भएको छ।

    जनसंगठन परिचालनको निर्देशिका, आर्थिक निर्देशिका लगायत पार्टीका आन्तरिक काम व्यवस्थापन गर्ने योजना सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको  छ।

    अर्की सचिव पद्मा अर्यालले पनि सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताइन्।

    ‘स्थानीय तहको निर्वाचनबारे पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ। विगतदेखि हामीले स्थानीय निर्वाचन वैशाखभित्र सक्नुपर्छ भनेका छौँ। त्यसैले छिटोभन्दा छिटो सरकारले मिति घोषणा गरोस्’, उनले भनिन्, ‘हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ। पर्सीको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडी बढाउँछौँ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend