१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

देशभर वर्षा जारी, सतर्कता अपनाउन २४ घण्टे चेतावनी


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • देशभर वर्षा जारी, सतर्कता अपनाउन २४ घण्टे चेतावनी

    काठमाडौं, २१ माघ – पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

    आज (शुक्रबार) बिहान साढे ६ बजे मौसस पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिएको जानकारीअनुसार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको हो। काठमाडौं उपत्यकामा पनि अहिले फाटफुट वर्षा भइरहेको उनले बताए।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको हो।

    ‘यो क्रम आज पनि रोकिने सम्भावना छैन, आज पनि देशका धेरै स्थानमा वर्षा हुने देखिएको छ’, मौसमविद् प्रधानांगले भने, ‘यो (पश्चिमी न्यून चापीय) प्रणाली अहिले पूर्वतिर सर्ने क्रममा छ।’

    उक्त प्रणाली गत बुधबार बेलुका नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हो। मौसमविद् प्रधानांगका अनुसार राति पूर्वदेखि पश्चिमसम्मै वर्षा भए पनि देशका पश्चिमी प्रदेशहरूतिर अलि बढी वर्षा भएको छ। कतै कतै असिना पनि परेकाे छ।

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    यसैगरी आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना बुलेटिनमा उल्लेख छ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

    जसमा भनिएको छ : देशका धेरै स्थानमा मेघगर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend