१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

साढे ७ किलो गाँजासहित अर्जुनचौपारीका जिसी पक्राउ


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • साढे ७ किलो गाँजासहित अर्जुनचौपारीका जिसी पक्राउ

    स्याङ्जा, २१ माघ – जिल्लाको अर्जुनचौपारी गाउँपालिका-१ का २३ वर्षीय पवन जिसी गाँजासहित पक्राउ परेका छन् । ७ किलो ५ सय ग्राम गाँजासहित उनलाई प्रहरीले बिहीबार आफ्नै गाउँबाट पक्राउ गरेको हो ।

    सुराकीको आधारमा प्रहरीले अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटाबाट पक्राउ गरेको जनाएको छ । जिसीले आफ्नै घरमा ४ वटा बोरामा लुकाइछिपाई राखेको सुकेको गाँजासमेत बरामद गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

    उनका अनुसार जिसीलाई बिहीबार जिल्ला अदातलबाट लागूऔषध गाँजासम्बन्धी कसुर मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend