१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

धौलागिरी क्याम्पसले मनायो ५९ औं वार्षिकोत्सव 


जनमञ्च संवाददाता
  • २४ माघ २०७८ , सोमबार

  • धौलागिरी क्याम्पसले मनायो ५९ औं वार्षिकोत्सव 

    बागलुङ, २४ माघ – धौलागिरि क्षेत्रकै जेठो तथा एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण पढाइ अबरुद्ध भएकाले बिद्यार्थी जम्मा गरेर गर्ने कार्यक्रम भने यो बर्ष भएन । वार्षिकोत्सवमा शिक्षक, विद्यार्थीका प्रतिनिधि र सरोकारवाला मात्रै बसेर मनाइएको क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले बताए ।

    वार्षिकोत्सवको अबसरमा प्रगती प्रतिवेदन पेश गर्दै उपाध्यायले क्याम्पसमा गुणस्तरीय शिक्षा दिन तयार रहेको बताए । उनले उच्च शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ती योग्य र विश्व बजारले माग गरे अनुसारको बनाउन तयार भएपनि राज्यको साधनश्रोत, मानवीय श्रोत लगायतको बितरणबाट संभव नभएको बताए ।

    ‘हामीले क्युएए प्रमाणपत्र पाउन शैक्षिक, भौतिक र आर्थिक तथा प्रशासनिक पक्षको सुधार र यथार्थ अबस्था पहिचान गर्न लागेका छौं’ उपाध्यायले भने, ‘तर अहिलेसम्म दक्ष जनशक्ती व्यवस्थापन नै चुनौती बनेको छ ।’ उनले आंशिक शिक्षकको माग पुरा गरेर दरबन्दी थप गर्न सकेमा पढाइको गुणस्तर अझै बढाउन सकिने बताए ।

    विज्ञान र विविएतर्फ आर्कषण बढी भएपनि शिक्षक अभावले समूह बिभाजन गर्न नसक्ने, पूर्णकालिन पढाइ संचालन अभावमा उत्तिर्णदर बढाउन नसक्ने अवस्था रहेको प्राध्यापकहरुले बताए । विश्वविद्यालयकै तथ्यांक र उत्तिर्णदर घटेकोले एउटा क्याम्पसमा कम हुनु स्वभाविक भएको त्रिभूवन विश्वविद्यालय सभाका सदस्य प्राध्यापक डा. दिनबहादुर थापाले बताए ।

    थापाका अनुसार पछिल्लो चार बर्षमा ७२ हजारबाट ७० हजार, ५१ ह्जार र ३० हजार बिद्यार्थीले मात्रै दिक्षान्त लिएको उल्लेख गरे । धवलागिरि बहुमुखी क्याम्पसमा पनि उत्तीर्ण दर घटिरहेको उनले चिन्ता व्यक्त गरे ।

    वार्षिकोत्सवको अबसरमा अघिल्ला बर्ष संचालन गरिने खेलकुद तथा अन्य गतिििध पनि यो बर्ष भएनन् । भब्य कार्यक्रमका साथ मनाइने सरस्वती पूजा पनि आइतबार मनाइएन । छिटफूट बिद्यार्थी र शिक्षक बसेर मनाएको पूजा र वार्षिकोत्सवमा सहभागिले भने विद्यार्थीको आर्कषण भएका संकायमा स्थायी दरबन्दी बढाउनुपर्ने सुझाव दिए । साथै भौतिक अबस्था स्तरीय बनाउनुपर्ने, आर्कषण बढेका बिषय पढाएर अन्यलाई हटाउनुपर्ने सुझाव पनि दिएका थिए ।
    यो क्याम्पसमा मानवीकी, व्यवस्थापन, शिक्षा र बिज्ञान संकायको पढाइ हुन्छ ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डा. थापाको अध्यक्षता, सहायक प्रमुख हिरालाल रेग्मीको संचालन र हरिप्रसाद पाण्डेयको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यार्थी नेता, कर्मचारी र प्राध्यापकहरुले पनि क्याम्पसको बिकासका लागि आधुनिक र नविनतम प्रविधिमा आधारित शिक्षण बढाएर लैजान सकेमा क्याम्पसमा बिद्यार्थी संख्या र उत्तीर्ण दर बढ्ने सुझाव दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend