१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

राष्ट्र बैंकले फेरि भन्यो: ‘क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू’


जनमञ्च संवाददाता
  • २५ माघ २०७८ , मंगलबार

  • राष्ट्र बैंकले फेरि भन्यो: ‘क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू’

    काठमाडौं, २५ माघ – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ । केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम रहेको जनाएको छ ।

    मंगलबार जारी चेतनामुलक सामाग्रीमा राष्ट्र बैंकले भनेको छ, “पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ । यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ ।”

    राष्ट्र बैंकले अगाडि भनेको छ, “छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनेतथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ ।”

    यस्तो छ, राष्ट्र बैंकको चेतनामुलक सामाग्री :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend