१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

बेनीबजार नदी संरक्षणको काम सुरु


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • बेनीबजार नदी संरक्षणको काम सुरु

    म्याग्दी, २७ माघ – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।

    कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार नदी कटानको उच्च जोखिममा पर्छ । बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले कालीपुल बसपार्कमा पक्की पर्खाल निर्माण गर्ने कार्य सुरु गरेको छ ।

    रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल १४ करोड लागत अनुमान गरिएकोमा रौताह–बिएनबीले ९ करोड ४५ लाख १७ हजार ७४२ रुपैयामा निर्माणको ठेक्का पाएको जानकारी दिए । निर्माण कम्पनीले कालीगण्डकी नदीको किनारस्थित कालीपुल बसपार्क, म्याग्दी उद्योग वाणिज्य संघको तल्लो क्षेत्र र म्याग्दी खोलाको दाँयापट्टि पक्की पर्खाल निर्माण काम गर्ने छन् ।

    यही माघ १२ गते ठेक्का सम्झौता भएको परियोजना आगामी २०८० सालको पुससम्ममा सम्पन्न गर्ने सम्झौता छ ।कालीपुलमा ८० र सगंमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ ।

    चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल निर्माण कम्पनीले बनाउने सम्झौता काम थालनी भएको परियोजनाले जानकारी दिएको छ । बर्खायाममा कालीगण्डकी र म्याग्दी नदीको कटानको जोखिममा बेनीबजार रहदै आएको छ । नदी कटानको जोखिमपुर्ण क्षेत्रलाई प्राथमिकता दिएर डिपिआर अनुसार संरक्षणको काम भइरहेको वडा सदस्य हिमबहादुर भण्डारीले बताए ।

    कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ । परियोजनाले हरेक वर्ष तटबन्धको लागि बजेट विनियोजन गरेर काम भएपनि निर्माण ब्यवसायीको लापरबाहीले गुणस्तरीय काम नहुँदा नदीको बहावले तटबन्धमा कटान र क्षति पु¥याउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend