१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

नगरसभा सम्पन्न भएको अवसरमा फलेवासमा सार्वजानिक विदा


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • नगरसभा सम्पन्न भएको अवसरमा फलेवासमा सार्वजानिक विदा

    पर्वत, २७ माघ – जिल्लाको फलेवास नगरपालिकाले बिहीबारका लागि नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । बुधवार नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले बताए ।

    नगर सभाको तयारीमा जुट्दा कर्मचारी र जनप्रतिनिधिहरूमा कार्य बोझ हुने भएका कारण नगर सभा सम्पन्न भएको भोलिपल्ट विगतदेखि नै बिदा दिने गरिएको र अहिले पनि सोही अनुसार सार्वजनिक बिदा दिइएको श्रेष्ठले बताए ।

    ‘विगतदेखि नै नगर सभाको भोलिपल्ट बिदा दिने गरिएको हो। नगर सभा सम्पन्न गर्न खटिने क्रममा कर्मचारीदेखि जनप्रतिनिधिहरूमा कार्य बोझ भएको हुन्छ । एक दिन रेस्टका लागि पनि बिदा दिइएको हो,’ उनले भने, ‘नगर सभा सम्पन्न हुनुलाई पर्वका रूपमा पनि लिन सकिन्छ । स्थानीय तहले यति नै बिदा दिने भन्ने नभए पनि विगत अनुसार नै अहिले पनि बिदा दिइएको हो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend