१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

गण्डकीमा आजदेखि बढ्यो सवारी भाडा, कुनको कति ?


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • गण्डकीमा आजदेखि बढ्यो सवारी भाडा, कुनको कति ?

    पोखरा, १ फागुन – गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने विभिन्न सवारी साधनहरूको लागि भाडा दर समायोजन गरेको छ । समायोजन गरिएको भाडादर आजदेखि लागु हुनेछ ।

    भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश राजपत्रमा सवारीको प्रकार अनुसारको नयाँ भाडा दर प्रकाशन गरेको छ । गण्डकी प्रदेश सरकार, मन्त्र्पिरिषद्को निर्णय बमोजिम गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा दर फागुन एक गतेदेखि लागू हुने गरी निर्णय गरिएको छ ।

    नयाँ भाडा दर अनुसार जिपका लागि पक्की सडकमा प्रतियात्रु प्रति किलोमिटर पाँच रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै बसका लागि प्रतियात्रुको लागि प्रति किलोमिटर तीन रुपैयाँ १० पैसा तोकिएको छ ।

    सिटी बसको हकमा भने दुई भागमा बाँडिएको छ । २० किलोमिटरभित्र तीन किलोमिटरसम्मको पहिलो बिन्दुमा २० रुपैयाँ र त्यसपछि भने प्रतिकिलोमिटर दुई रुपैयाँ ५० पैसा तोकिएको छ । २० किलोमिटर भन्दा बढीको यात्राका लागि प्रतियात्रु प्रतिकिलोमिटर दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    यस्तै ट्रकका लागि प्रतिकिलोमिटर एक टनका लागि ११ रुपैयाँ ७२ पैसा भाडा दर तोकिएको छ ।

    ट्याक्सीको लागि भने १५ किलोमिटरलाई आधार मानेर दुई थरी मूल्य कायम गरिएको छ । जसमा १५ किलोमिटरभित्रको यात्रामा फ्ल्याग डाउन ८० रुपैयाँमा १० रुपैयाँ थप गरेर ९० रुपैयाँ तोकिएको छ । थपिएको १० रुपैयाँ प्रति दुई सय मिटरमा थपिने छ । यस्तै १५ किलोमिटर भन्दा बढीको यात्रामा प्रतिकिलोमिटर ३७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend