८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
प्रणय दिवस विशेष

प्रेम दिवस र रातो गुलाब


अशेष मल्ल
  • २ फाल्गुन २०७८ , सोमबार

  • प्रेम दिवस र रातो गुलाब

    १.
    क्षणभरमा झरेर जाने
    गुलाबका पत्रहरूमा
    ओइलाइरहेछ
    प्रेम नामको अधुरो सपना ।

    २.
    बेनामी छापाखानामा छापिएका
    असंख्य राता गुलाबहरूको
    हिसाब गर्दै थकित तर प्रसन्न छन्
    प्रेम नामका व्यापारीहरू ।

    ३.
    नुन, तेल र सागका मुठाहरू
    किन्दाकिन्दै रित्तियो पर्स
    महँगो रै’छ आयातित गुलाब
    यसपालि निस्तो भयो प्रेम
    नरिसाऊ ल प्रिय !

    ४.
    पार्थिव शरीरमा
    अर्पण गर्न लाम लागेका
    प्रेमका उदासी मनहरूका हात–हातमा
    आज रातो गुलाब मात्रै देख्छु किन हो ।

    ५.
    न गुलाब फूलेका छन् बगैँचामा
    न प्रेम दिवस छ मेरो क्यालेन्डरमा
    त्यसो भए,
    हाम्रो प्रेम सकिएकै हो त प्रिय !

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend