भैरहवा, ६ फागुन – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरू भएको छ।
थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्यान्हबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रूपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए।
उनले भने, ‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ। ’
उनले क्यालिब्रेसनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए।
ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरू गरिएको न्यौपानेले बताए।