१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

साना उत्पादनको बजारीकरण गरौं : आपूर्तिमन्त्री शर्मा


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७८ , शनिबार

  • साना उत्पादनको बजारीकरण गरौं : आपूर्तिमन्त्री शर्मा

    पोखरा, ७ फागुन – साना उद्यमिहरुका उत्पादनहरुको बजारीकरणका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा कोसेली घर सञ्चालनको प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पोखरामा कोसेली घर सञ्चालन गरेर प्रदेशभर उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण गरिने बताए ।

    आगामि आर्थिक वर्षबाट कोसेली घर सञ्चालनका लागि जग्गाको खोजी र व्यवस्थापनको काममा मन्त्रालय लागेको उनले जानकारी दिए । शुक्रबार घरेलु तथा सानाउद्योग कार्यालय बागलुङले चालु आर्थिक बर्षमा साना व्यवसायीका लागि बिभिन्न उपकरण हस्तान्त्रण गर्न आयोजना गरेको प्रबिधि हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कँडेलले साना व्यवसायीले उत्पादनसँगै बजारको खोजी गर्नुपर्नेमा जोड दिए ।

    ‘हामिले उत्पादन मात्रै गरेर उन्नति हुँदैन्, बजारीकरण महत्वपूर्ण पाटो हो’, मन्त्री कँडेलले भने ‘सरकारले सबै व्यवसायीले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्छु भनेर पनि सकिँदैन्, तर हामी नमूनाकै रुपमा कोसेली घर सञ्चालनको तयारीमा छौं ।’ कोसेली घर सञ्चानका लागि पोखरामा रहेको घरेलु तथा साना उद्योग कार्यालयको खाली जग्गा प्रयोगमा ल्याउने बिषयमा छलफल भइरहेकोसमेत मन्त्री कँडेलले जानकारी दिए ।

    ‘यता बागलुङमा पनि घरेलुको जग्गा मागिरहेको सुनेको छु, हाम्रो जग्गा कसैलाई दिँदैनौं’, उनले भने ‘स–साना सीप विकास र व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि हाम्रो जग्गा हामीलाई चाहिन्छ ।’ मन्त्री कँडेलले उद्यमीहरुलाई बिभिन्न उपकरणहरु हस्तान्त्रण गर्दै साधनको रुपमा दिइएका उपकरणलाई स्रोतको रुपमा विकास गर्न आग्रह गरे ।

    ‘उद्यमीहरुले सरकारले अनुदानमा दिएका सामग्रीको प्रयोग गरेर उत्पादन र आम्दानी गरे भनेमात्रै आफ्नो अवस्था सुधार गर्न सक्छन्’, मन्त्री कँडेल भन्छन् ‘साना व्यवसायी सफल भए मात्रै प्रदेश सरकार सफल हुन्छ ।’ उनले विदेश निर्यात गर्न सकिने खालका स्थानीय उत्पादनलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उत्पादनको मात्रा धेरै र गुणस्तर राम्रो भएमा यहाँका स्थानीय उत्पादन बिदेशी बजारमा बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।

    ८० प्रतिशत अनुदानमा जिल्लाभरका १४ जना व्यवसायीलाई उनीहरुकै मागका आधारमा प्रबिधि हस्तान्त्रण गरिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङकी प्रमुख गोमा रिजालले बताइन् । ८ जना व्यवसायीका लागि सिलाई कटाइ मेसिन, ३ जना व्यवसायीका लागि प्रिज, एक जना व्यवसायीका लागि ग्रेण्डर मेसिन, एकवटा साना उद्योगका लागि ड्रायर मेसिन र एक ग्रील उद्योगका लागि वेल्डिङ मेसिन प्रदान गरिएको छ ।

    ‘हाम्रो सानो लगानीमा प्रदेश सरकारले साथ दिएको छ, हामी निकै खुसी छौं’, माछा पालनका लागि डिफ्रिज अनुदानमा पाएपछि नारायण कृषि फर्मका सञ्चालक नारायण शर्माले भने ‘प्रस्ताव पेश गरिए अनुसारकै सामग्री पाएका छौं ।’ व्यवासयीहरुले उपकरणका साथसाथै बजारीकरणमा पनि साथ दिन आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend