१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

सुगंगा कोषका संरक्षक खड्काको श्रद्धाञ्जली सभा


जनमञ्च संवाददाता
  • १३ फाल्गुन २०७८ , शुक्रबार

  • सुगंगा कोषका संरक्षक खड्काको श्रद्धाञ्जली सभा

    बागलुङ, १३ फागुन – सुगंगा स्मृति कोषका संरक्षक तथा पत्रकार बिदुर खड्काको स्मृतिमा कोषले श्रद्दाञ्जली सभा सम्पन्न गरेको छ । शुक्रबार भएको सभामा बोल्दै धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले बहुप्रतिभा र सामाजिक क्षेत्रको अगुवाको निधनले जिल्लालाई नै अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गिय खड्काको निधनले निर्भिक राजनीतिज्ञ, अनुसन्धानकर्ता र स्वतन्त्र र निश्पक्ष पत्रकारितामा पनि अभाव खड्केको बताए ।

    कार्यक्रममा नागरिक समाजका संयोजक काजी गाउँलेले पंचायतमा लागेकोले नराम्रो, गणतन्त्रमा लागेकोले नराम्रो काम गरेपनि ठिक भन्ने प्रवृत्तिको बिपरित खड्का स्पष्ट बक्ता भएको बताए । उनले खड्काको कृषि पुँवार खड्काको इतिहास नेपालकै ऐतिहासिक क्षेत्रको अनुसन्धानमुलक कृतिको उदाहरण भएको पनि बताए ।

    स्वर्गिय खड्काले आफ्नी माता सुमित्रा र पत्नी गंगाको स्मृतिमा स्थापना गरेको सुगंगा स्मृति कोषबाट धवलागिरि क्षेत्रका पत्रकार, समाजसेवी र अनुसन्धानकर्तालाई पुरस्कार र सम्मान दिने गरिएको छ । कोषका अध्यक्ष काजी रोशनको अध्क्षता, सदस्य विश्वनाथ रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा महेशचन्द्र प्रधान, अशोक गोबिन्द राजभण्डारी, राजेन्द्र आचार्य, खड्काका सुपुत्र विवेक खड्का, पत्रकार किरण आचार्य र कोपिला कंडेललगायतले स्वर्गिय खड्काको पत्रकारिता, राजनीति र समाजसेवाको योगदानको चर्चा गरेका थिए ।

    स्वर्गिय खड्काले २०२२ सालमा पत्रकारिता थालनी गरेका थिए । राजनीतिमा लागेर राप्रपाको केन्द्रीय सदस्य, बागलुङ नगरपालिकाको प्रमुखसमेत भएका थिए । उनकै पहलमा कमल थापा स्थानीय विकास मन्त्री बनेको समयमा २०५३ सालमा बागलुङ नगरपालिका घोषणा भएको सहभागिले दृष्टान्त दिएका थिए । खड््काकै नेतृत्वमा बाल उद्यान निर्माण भएको, जिल्लाका धेरै क्षेत्रमा अनुसन्धानको काम थालनी भएको सहभागिले जानकारी गराए । मृगौला सम्बन्धी रोगले बिरामी परेका खड्काको गत माघ १९ गते काठमाण्डौंमा निधन भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend