१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

नदीजन्य पदार्थ बोकेका ४ ट्याक्टर प्रहरी नियन्त्रणमा


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०७८ , शनिबार

  • नदीजन्य पदार्थ बोकेका ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

    बागलुङ, १४ फागुन – कालीगण्डकी नदीबाट अबैध रुपमा निकालिएको नदिजन्य पदार्थ बोकेर आएका चार सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

    बागलुङ नगरपालिका-१ खनियाघाटबाट अबैध नदिजन्य पदार्थसहित ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ग १ त ६२१९, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिएको हो । कालीगण्डकीबाट ढुङ्गा र बालुवा लोड गरी बागलुङतर्फ आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङ सुचना अधिकारी तथा प्रहरी निरीक्षक बिजय भण्डारीले जानकारी दिए ।

    नियन्त्रणमा लिएका ट्याक्टरहरुले बागलुङ नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदिजन्य पदार्थ उत्खनन् र ढुवानीका लागि अनुमानि दिन नमिल्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

    नियन्त्रणमा लिईएका सवै ट्याक्टरलाई आवश्यक कारवाहीको लागि नगरपालिकालाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend