१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
कालिका भगवती मन्दिरलाई क्युआर कोड प्रदान

बागलुङ कालीका मन्दिरमा अव बैकिङ्ग प्रणालीमार्फत भेटी चढाउन पाईने


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०७८ , शनिबार

  • बागलुङ कालीका मन्दिरमा अव बैकिङ्ग प्रणालीमार्फत भेटी चढाउन पाईने

    बागलुङ, १४ फागुन – गण्डकी प्रदेशको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय गन्तव्य बागलुङ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली (क्युआर कोड) सुरु गरिएको छ ।

    मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई मध्यनजर गर्दै प्रभु बैंक बागलुङ शाखाले शनिबार क्युआर कोडको सुरु गरेको हो ।

    नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका निर्देशक डाक्टर रामशरण खरेलले क्युआर कोड मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष लिलादेबी खड्का लाई हस्तान्त्रण गरे ।

    सो अवसरमा बोल्दै निर्देशक खरेलले मन्दिरमा हुने हरेक आर्थिक गतिविधीलाई पारदर्शी र सहज बनाउन क्युआर कोड हस्तान्त्रण गरेको बताए । उनले भक्तजनहरुले भेटी स्वरूप चढाउने पैसा सिधै खातामा जाने प्रविधि भएकोले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे ।

    सो अवसरमा प्रभु बैंक गण्डकी प्रदेश ईन्चार्ज राजु रानाले ५ हजार नगद र निर्देशक खरेलले १ हजार क्युआर कोर्ड बाट मन्दिरलाई भेटी स्वरुप प्रदान गरे।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य कुशुम बुढा, नेपाल पत्रकार महासघं बागलुङ शाखाका उपाध्यक्ष नविन शिशिर विक, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी लगायतले प्रविधिको प्रयोग सुखद हुने वताए ।

    सो कार्यक्रम प्रभु बैंक गण्डकी प्रदेश ईन्चार्ज राजु रानाको अध्यक्षता र हेमन्त बाबु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend