८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
पोखरेलको नयाँ प्रस्ताव - नेपालको राजनीतिक प्रणालीलाई दुईदलीयमा लैजाने बहस चलाऔँ

राजनीतिको सौर्यमण्डल एमालेलाई बनाउनुपर्छ: महासचिव पोखरेल


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • राजनीतिको सौर्यमण्डल एमालेलाई बनाउनुपर्छ: महासचिव पोखरेल

    काठमाडौं, १५ फागुन – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामर्थ्र्य नरहेको दलिल पेस गर्दै पोखरेलले अबको चुनावी तयारीमा देशलाई दुईदलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रूपमा चलाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।

    ‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा यो कुरालाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टू पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’ एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौँ सम्मेलन उद्घाटन गर्दै पोखरेलले भने, ‘वामपन्थी आन्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस रहेको छ । अरू पार्टीहरू तिनीहरूका सहयोगी हुन् ।’

    देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै पोखरेलले थपे, ‘अब अरू पार्टीहरूलाई स्वतन्त्र रूपमा रहने अवस्था दिनुहुन्न । त्यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये पनि बलियो ध्रुवका रूपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’

    उनले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रूपमा स्थापित गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले सौर्यमण्डलको कुरा गर्दा पृथ्वी सबैभन्दा ठूलो छ भन्छौँ । एमालेको चुनावचिह्न पनि सूर्य छ, राजनीतिको सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरि अरू पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरि घुमाउने सामर्थ्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ ।’ पोखरेलले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend