१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

पर्यटन प्रबद्र्धन गर्न पञ्चकोट-बेलढुंगा पदयात्रा


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • पर्यटन प्रबद्र्धन गर्न पञ्चकोट-बेलढुंगा पदयात्रा

    बागलुङ, १५ फागुन – कोरोनाका कारण सुस्ताएको पर्यटन प्रबद्र्धनका लागि बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढुंगासम्म युवाहरुले पदयात्रा गरेका छन् । पर्यटन व्यवसाय तथा सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका १२ जना युवाहरुको समुहले दुईदिने पदयात्रा सुरु गरेका हुन् ।

    बागलुङ नगरपालिका-६ पञ्चकोटबाट शनिबार सुरु भएको यात्रा आइतबार काठेखोला गाउँपालिका–३ को बेलढुंगामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताए । पञ्चकोट–बेलढुंगा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौडा लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि पदयात्रा गरिएको केसीले बताए ।

    काठेखोला गाउँपालिका-२ भीमापोखरामा रहेको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले शिवरात्रीको अवसर पारेर पदयात्राको आयोजना गरेको थियो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय क्षेत्र समेटिएको पञ्चकोट–बेलढुंगा पदमार्गको प्रचारका लागि पदयात्रा गराईएको केन्द्रका अध्यक्ष बिक्रम शर्माले बताए । केन्द्रले गतवर्ष थाप्लेको धुरीमा सात देशका झण्डा राखेर पर्यटकलाई निम्ता दिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend