१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति बमोजिम तयार मस्यौदा केही बेरमा प्रधानमन्त्री देउवालाई बुझाउने तयारी

एमसीसी अनुमोदन गर्न गठबन्धनका चार दलबीच औपचारिक सहमति हुँदै


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • एमसीसी अनुमोदन गर्न गठबन्धनका चार दलबीच औपचारिक सहमति हुँदै

    काठमाडौं, १५ फागुन – अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदैछ।

    सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता अहिले केही बेरमा बालुटारमा भेला हुन लागेका हुन्।

    अन्तर्राष्ट्रिय कानुनका एक जना विज्ञले नाम नखुलाउने सर्तमा दिएको जानकारीअनुसार एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भएको छ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति भएबमोजिम तयार पारिएको मस्यौदा केही बेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको छ।

    स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले  संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।

    आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend