१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

विद्यार्थीको करङ नै भाँचिने गरे कुटे शिक्षकले


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • विद्यार्थीको करङ नै भाँचिने गरे कुटे शिक्षकले

    म्याग्दी, १६ फागुन – शिक्षकको कुटाइबाट म्याग्दीमा एक विद्यार्थीको २ वटा करङ भाँचिएको छ भने टाउकोमा चोट लागेको छ । म्याग्दीको बेनी नगरपालिका-७,मा रहेको प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नवीन घिमिरेले कुटाइबाट कक्षा १० मा अध्यायनरत राजन पौडेल गम्भीर घाइते भएका हुन् । कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक व्यवहार गरेको भन्दै ती शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपीट भएको विद्यार्थीका बुबा भिमप्रसाद पौडेलले बताए ।

    ‘छोरालाई गम्भीर हुने गरी कुटपिट भएको छ,राम्रोसँग हिड्न सक्दैन्’,डाक्टरको रिपोर्ट देखाउँदै पिताले भने,‘जथाभावी कुटपीट गर्दा ठूलो असर गरेको छ । उनले शुक्रबार विद्यालयबाट घर फर्किएपछि बान्ता गरेको र खाना खाने क्रममा मुखबाटसमेत रगत आएपछि बेनी अस्पतालमा उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको बताए । ‘पशुलाई जस्तै ब्यवहार शिक्षकबाट भएको छ,न्यायको खोजीमा विद्यालयमै पुगेर निवेदन दिएको छु’, पौडेलले भने । विद्यालयमा घटेको घटनाका बारेमा फोनबाट जानकारी दिदाँ समेत सुनुवाइ नभएको उनले गुनासो गरे ।

    सोही दिन शिक्षक घिमिरेले अन्य विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थी राजन पौडेलले आरोप लगाएका छन् । छडीले खुट्टा, ढाँड मा थुप्रैपटक कुटपिट गरेको उनले बताए ।‘मेरो गल्ती नै छैन्, मलाई लौरोले पेटमा घोचिदिनुभयो’, उनले भने, ‘हेडसरकोमा जान खोज्दा रोक्नुभयो ।’

    यता, विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले घटनाका बारेमा अभिभावकले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए।‘ शुक्रबार सबै पिरियड पढेर घर गएका थिएँ, विद्यालयमा हामीलाई जानकारी नै भएन’, सहायक प्रअ हमालले भने । उनले चौथो पिरियडका शिक्षक घिमिरेपछि कक्षामा गएका अन्य शिक्षकहरुले समेत विद्यार्थीलाई समान्य अवस्थामै देखेको बताएकाले अनुसन्धान गर्ने बताए । ‘घटनाको अनुसन्धान गछौं, विद्यार्थीको पठनपाठनमा असर नहुने गरी ब्यवस्था मिलाउँछौ’ हमालले भने ।

    पिडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कडा कारवाहीको माग गरेको आफन्त यामनाथ पौडेलले बताए । उनले मेडिकल रिर्पोटको आधारमा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा समेत किटानी उजुरी दिने बताए । यता नेपाल विद्यार्थी संघले कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष निर्मल खत्रीले घटनालाई सामान्य रुपमा नलिन विद्यालयलाई सचेत गराएका छन् । बेनी अस्पतालका चिकित्सकको घाइते विद्यार्थीको एक्सरे रिर्पोटमा देब्रेतर्फको दुईवटा करङमा असर गरेको बताएका छन्। ‘यसको उपचार भनेकै आराम हो,‘शरीरमा चोट देखिन्छ’, एक चिकित्सकले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend