१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
गाउँपालिकाको आफ्नै भवन निर्माण आचार संहिता

तमानखोलाका सबै घरमा एकै प्रकारको रंग


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • तमानखोलाका सबै घरमा एकै प्रकारको रंग

    बागलुङ, १८ फागुन – तमानखोला पालना गराउने भएको छ । गाउँपालिकाभित्रका पुराना घरको संरक्षण गर्दै नयाँ बन्ने घरमा आचारसंहिता लगाएर सास्कृतिक गाउँपालिका बनाउने लक्ष राखेको हो ।

    सबै घरमा एकै प्रकारको रंग लगाउने, छाना अनिवार्य बनाउने र आधुनिक कंक्रिड प्रयोगमा निरुत्साहित गर्ने लक्ष राखिएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

    भूकम्प प्रतिरोधी घर बनाउन प्रेरित गर्ने, कंक्रिड घर बनाउनै परेमा माथिल्लो तलामा छाना अनिवार्य गर्नेगरी कार्यविधि बनाइसकेको उनले जानकारी दिए । पहिलो चरणमा वडा नंं ३ को तमान गाउँबाटै यो योजना लागू हुने उनको भनाई छ ।
    ‘झट्ट हेर्दा आर्कषक पनि रहेकोले तमान गाउँको सौन्दर्य नबिग्रने गरी अन्य घर बनाउन दिइने छ’ अध्यक्ष बुढामगरले भने, ‘एकै प्रकारको रंग लगाउने अभियानमा भने गाउँपालिकाले लगानी गर्नेछ ।’

    गाउँपालिकाले क्रमशः सबै वडामा भवन निर्माण संहिता र साँस्कृतिक अभियान चलाउने लक्ष राखेको छ । ग्रामीण क्षेत्र भएकोले घर बनाउने तीब्र होड भने यहाँ छैन । सडक संजालले सबै स्थानमा सहज यातायात पुगेकोले बसाइसराइ रोकिंन थालेको छ । त्यसैले ग्रामीण क्षेत्रमा घर निर्माणको क्रम भने बढेको हो ।

    तमानखोला आफ्नो पालिकाभित्रका लोकगीत, संगीत र साँस्कृतिक भेषभुषा पनि संरक्षणको योजना बनाएको छ । गाउँपालिकाको बस्तुगत विवरण ‘भिलेज प्रोफाइल’ तयार भएकोले सोही अनुसारका काम गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए ।

    ‘तथ्यांकबिना काम गर्न अप्ठ्यारो हुने भएकोले पहिलो काम नै प्रोफाइलमा लाग्यौ’ लम्सालले भने, ‘सडकहरुको मापदण्ड बनाएर सुरक्षित र बाह्रै महिना चल्ने पनि बनाउँदैछौं ।’

    बराह तालसम्म सडक पुग्दा बसाइसराइ रोकिने र पर्यटक भित्राउन सकिने योजना गाउँपालिकाको छ । गाउँपालिका आउने पर्यटकले मन पराउने गरी घरहरुको डिजाइन, रंग र छानाको व्यवस्था भएमा आन्तरिक आय बढ्ने उनको भनाइ छ ।

    गाउँपालिकाले शिक्षा, स्वास्थ्य र यातायातको स्तर वृद्धि गरेपछि सामाजिक क्षेत्र पनि सुधार हुने विश्वास लिइएको बुढाले बताए ।
    ‘तमानका तमान, लामेला, बुंगादोभान, खुंखानी र नर्जाखानीसमेत आर्कषक गाउँ छन्’ उनले भने, ‘ती बस्तीमा परम्परागत सबै संस्कृति जोगाउन सकेमा त्यहीं मात्रै सम्पत्ति हुनेछ ।’

    यहाँ सालैज्यो, यानीमाया र मगर समुदायका अन्य संस्कृतिहरु संरक्षित छन् । चैतेदशै मेलामा पनि यहाँ ती संस्कृतिहरु उजागर गरिन्छन् । यहाँ अहिले पनि लघु जलविद्युतकै भरमा सबै घरमा बिजुली बालिएको छ । एउटै कुलोबाट दुई वटा पेनस्टकमार्फत विद्युत उत्पादन भएको तमान पहिलो हो ।

    ‘आफ्नै संस्कार, संस्कृति र परम्परामा रमाएकोले घरहरुको एकरुपता दिने कामले थप रौनक दिनेछ’ स्थानीय मनबहादुर बुढाथोकीले भने, ‘तमान पहिला देखिनै आफ्नै संस्कृति र पहिचानमा बसेको गाउँ थियो, अब गाउँपालिकाले पनि लगानी गरेर केही जागरण ल्यायो भने थप ऐतिहासिक बन्न सक्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend