१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

यूक्रेनबाट तीन म्याग्देलीलाई पोल्याण्ड लगियो


जनमञ्च संवाददाता
  • १९ फाल्गुन २०७८ , बिहिबार

  • यूक्रेनबाट तीन म्याग्देलीलाई पोल्याण्ड लगियो
    युक्रेनबाट उद्धार गरिएका म्याग्दीको मंगला गाउँपालिका भकिम्लीका नारायण पुन र उद्धारमा खटिएको टोली । तस्वीर सौजन्य: सुसन परियार

    म्याग्दी, १९ फागुन – युद्धग्रस्त मुलुक युक्रेनको राजधानीमा फसेका तीन म्याग्देली उद्धारपछि सुरक्षित गन्तव्यमा पुगेका छन् । रूस र युक्रेनबीचको युद्धबाट प्रभावित नेपालीको उद्धार र सहयोग गर्न सक्रिय रहेका नेपाली संघसंस्थामार्फत उद्धारको क्रममा तीन म्याग्देलीलाई युक्रेनबाट पोल्याण्डमा लगिएको छ ।

    यूद्ध प्रभावित क्षेत्रबाट मालिका गाउँपालिका–६दिच्यामका अमृत पटेल, वडा नं. ७ बिमका तिलक सुनार र बेनी नगरपालिका–३ भकिम्लीका नारायण पुन रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले बताए ।

    उनका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भएपनि भकिम्लीका पुन पोल्याण्डको सिमा क्षेत्रमा रहेको बताए ।‘उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ,‘बिरामी हुनुहुन्छ, त्रसित भएजस्तै गर्नुभएको छ’ परियारले भने । पोल्याण्डमा रहेको नेपाली संघसंस्थाले सिमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको बताए । पासर्पोटमा भकिम्ली लेखिएपनि पुनले आफुा बरंजाको भएको बताउने गरेकाले उद्धारको क्रममा समस्या भएको टोलीको भनाई छ ।

    यता नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्याण्डका सभापति भिम परियारले उद्धारको क्रम जारी रहेको बताए । ‘म्याग्देलीको पहिचानमा जुटेका छौ, भिडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि संख्या बढ्ने देखिएको छ’ परियारले भने । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्क मार्फत उद्धारमा जुटेका छन् ।

    उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिन सहित स्वास्थ्य चेकजाँच सहितको सुविधा रहेको छ । युक्रेन छोडेर पोल्याण्ड बाहेक स्लोभाकिया, हंगेरी, रोमानियाम र माल्डावामा समेत पुगेका छन् । युक्रेनमा म्याग्देलीको आधिकारिक संख्या पहिचान नभएपनि छिमेकी देशमा गइरहेका नेपालीहरुमा म्याग्देली समेत भएकाले संख्या धेरै रहेको अनुमान गरिएको छ ।

    उद्धार गरिएकाहरूबाट युक्रेनमा रहेका म्याग्देलीको संख्याका बारेमा बुझ्ने प्रयास भइरहेको पोल्याण्डमा रहेका म्याग्देलीको भनाई छ । पछिल्लो समय रोजगारीका लागि रोमानियामा जाने म्याग्देलीको संख्या समेत धेरै भएकाले यूक्रेनबाट बाहिरिएका म्याग्देलीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend