बागलुङ, २२ फागुन – निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिवार बागलुङ बजारमा भएको पाचौं अधिवेशनले गुरुङको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र खड्का, उपाध्यक्षमा सन्दीप खड्का, अरुण शाक्य र मधुसुधन राजभण्डारी चयन भएका छन् । सदस्यहरुमा दीपककुमार अदै, दुर्गाबहादुर खत्री, सुजन लामिछाने, लोकेन्द्रबहादुर केसी, संगम घर्ती मगर, दलबहादुर श्रीष राना, योगेन्द्र बहादुर भण्डारी, बिमलेश आचार्य, राजीन खड्का, ध्रुव खड्का, मनोज खड्का र सनी केसी चयन भएका छन् ।
त्यस्तै, आमन्त्रित सदस्यमा बुद्ध बोहरा, नरबहादुर केसी, कृष्णबहादुर केसी, सुरज खड्का र क्षेत्रबहादुर केसी चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै पूर्वकेन्द्रीय सदस्य प्रकाश आचार्यले निर्माण व्यवसायीका समस्यामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । आचार्यले समस्याको चाङहरुका बीचमा राष्ट्र निर्माणका सहयोगी व्यवसायीहरुलाई राज्यले हेर्ने नजर फरक रहेको बताए । उनले सबै व्यवसायीलाई एउटै डोकोमा राखेर मुल्यांकन गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा पाचौं अधिवेशनका संयोजक कुमार खड्का, संस्थापक अध्यक्ष जयचन्द्रप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रामराज गुरुङ र सञ्चालन भुपेन्द्र खड्काले गरेका थिए ।