१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

पोखराका पूर्व मेयर राप्रपा नेता शेरचनको निधन


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७८ , आइतबार

  • पोखराका पूर्व मेयर राप्रपा नेता शेरचनको निधन

    पोखरा, २२ फागुन – पोखरा नगरपालिकाका पूर्व मेयर गणेश शेरचनको निधन भएको छ । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

    मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
    शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।

    पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री भएका थिए ।

    पोखरा अर्चलबोटका शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति पनि भएका हुन् । त्यति बेला उनी कम्युनिस्ट पार्टीसँग नजिक थिए । पछि उनी पञ्चायतको समर्थक भएका हुन् । पञ्च भइकन पनि उनी उदारवादी मानिन्थे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend