११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

गलकोटमा प्रथम मेयरकप भलिबल आयोजना


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७८ , सोमबार

  • गलकोटमा प्रथम मेयरकप भलिबल आयोजना

    बागलुङ, २३ फागुन – गलकोट नगरपालिकाको आयोजनामा प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट नगरपालिकाले चारवर्षदेखि गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अबसर पारेर मेयर कप भलिबल पनि गर्न लागेको हो । फागुन २३ गते देखि शुरु हुने रनिङ शिल्डको रौनकता बढाउने गरी सोही समयमै भलिबल प्रतियोगिता पनि हुने भएको हो ।

    नगरपालिकास्तरीय खेलकुद विकास समितिको अगुवाइमा भलिबल प्रतियोगिता हुने नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । आइतबार नगर पालिका र समितिको संयुक्त पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । प्रतियोगितामा १० टिमले नाम दर्ता गराइ सकेका छन् भने केही टिम सम्पर्कमा रहेकोले १५ टिम हुन सक्ने समितिका अध्यक्ष योगशबहादुर भण्डारीले बताए । सोमबारसम्म टिम दर्ता समय राखिएकोले त्यसपछि मात्रै टाइसिट समेत सार्वजनिक हुनेछ ।

    गलकोट क्षेत्र खेलकुदमा अगाडि छ । जिल्लाका धेरै खेलाडीहरु गलकोटबाट उदाएका छन् । उनीहरुले देशको नाम समेत राखेका छन् । ‘गलकोट महत्व खेलक्षेत्रमा बढी छ, त्यसैले खेललाई संस्थागत बिकास गर्न प्रतियोगिता राखेका हौं’, नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘कुनै न कुनै रुपमा खेलमा लगानी बढाउने हाम्रो चाहना छ ।’ यसअघि नगरपालिकाको संयोजनमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता समेत गलकोटमा सम्पन्न भएको गैरेले स्मरण गरे ।

    राष्ट्रपति रनिङ शिल्ड, खुला व्याडमिन्टन प्रतियोगिता लगायतका खेल पनि नगरपालिकाको कार्यक्रममा सूचिकृत छ । आयोजकका अनुसार मेयर कप जित्नेलाई १ लाख नगद पुरस्कार दिइनेछ । साथमा मेडल तथा प्रमाणपत्र रहेको शिक्षा शाखाका प्रमुख रुद्रनारायण सापकोटाले बताए । द्वितिय हुनेलाई ५० हजार नगद र प्रमाणपत्र तथा सेमी फाइनलमा प्रवेश गर्ने दुइ टिमलाई २५÷२५ हजार रुपैयाँको दरले नगद पुरस्कार दिने व्यवस्था गरिएको बताइएको छ ।

    नगरपरिषदले बिनियोजन गरेको १० लाख र खेलका लागि पछि थप गरिएको २ लाख समेत गरी १२ लाखले मेयरकप संचालन हुनेछ । त्यस बाहेक राष्ट्रपति कपकालागि छुट्टै बजेट परिचालन हुनेछ । राष्ट्रपति कपकालागि नगर भित्रका २२ बिद्यालय बिद्यालय सहभागि हुनेछन् ।

    यही अबसरमा हुने खुला व्याडमिन्टन प्रतियोगितामा पनि आर्कषक पुरस्कार राशी राखिएको छ । सिनियर र जुनियर गरी व्याडमिन्टनका पनि दुइ खेलहरु संचालन हुनेछन् । सिनियर तर्पm प्रथम हुनेलाई २५ हजार र द्वितीय हुनेलाई १५ हजार, जुनियरतर्फ प्रथमलाई २० हजार र द्वितीय हुनेलाइ १० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend