८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नाबालिका आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७८ , सोमबार

  • नाबालिका आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    अर्घाखाँची, २३ फागुन – जिल्लाको मालारानी गाउँपालिकाका एक शिक्षकले आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेपछि प्रहरीले पक्राउ गरेको छ ।

    मालारानी गाउँपालिका-७  का २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए।

    मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको हो।

    शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend