१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026
बिधार्थीको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको घटना प्रकरण

लमजुङको सिउँडीबार क्षेत्रमा कर्फ्यु जारी


नविन कुईकेल
  • २५ फाल्गुन २०७८ , बुधबार

  • लमजुङको सिउँडीबार क्षेत्रमा कर्फ्यु जारी
    कर्फ्यु आदेशपछि लमजुङको सिउँडीबार चोकमा तैनाथ सुरक्षाकर्मी।

    लमजुङ, २५ फागुन – लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

    यहाँस्थित फ्युचरस्टार आवासीय माध्यामिक विद्यालयका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको घटनाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका-७ को पूर्व-दक्षिण स्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दीनदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका-९ को मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ।

    मंगलबार दिउँसो पौडी खेल्ने क्रममा फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको थियो। तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए।

    होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो। शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ।

    मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन्।आक्रोसित आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका छन्। उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेको प्रहरीले जनाएको छ। आक्रोशित  आफन्तले विद्यालय तोडफोड गरेपछि स्थिति तनावपूर्ण भएसँगै प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend