१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७८ , बुधबार

  • सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

    काठमाडौं, २५ फागुन – नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हाे।
    मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हाे।
    तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend