१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
विधार्थी मृत्यु प्रकरण

तीन बुँदे सहमतिपछि हट्यो लमजुङको कर्फ्यू


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • तीन बुँदे सहमतिपछि हट्यो लमजुङको कर्फ्यू

    लमजुङ, २६ फागुन – मर्स्याङ्दी नदीमा डुबेर एक बिद्यार्थीकाे मृत्यु भएको घटनालाई लिएर लमजुङको सिउँडीबार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि लगाएको निषेधाज्ञा हटाएको छ।

     

    लामो तथा छोटो दुरीमा हिँडेका यात्रुलाई मध्यनजर राखेर सवारी साधन संचालनमा गर्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए। बुधबार बिहान ६ बजेदेखि जारी गरेको निषेधाज्ञा १५ घण्टापछि हटेको हो।

    गन्तव्यमा हिँडेका सवारी साधनमा यात्रुहरु बाइसजाँगर, भोटेओडार, डुम्रे, मुग्लिनलगायत क्षेत्रमा अलपत्र परेपछि प्रशासनले निषेधाज्ञा हटाएर सडक खुलाएको छ। सडक खुलाउने विषयमा पीडित पक्ष सहमतिमा आएपछि तनहुँको बाइसजाँगरमा पनि अवरोध हटेको प्रशासनले जनाएको छ।

    जिल्ला प्रशासनमा भएको पीडित र पीडकपक्षबीचको वार्ता सकरात्मक भएको प्रमुख जिल्ला अधिकारी बैद्यले बताए।

    पीडित, पीडक र प्रशासनबीच करीब ६ घण्टा प्रशासन कार्यालयमा वार्ता भएको थियो। त्रिपक्षबीच घटनाको गम्भीर अनुसन्धान हुने, शवको पोष्टमार्टम गर्ने, प्रहरीमा लिखित जाहेरी दिने सहमति भएको छ। यसअघि नियन्त्रणमा लिएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज अमलिया र एकजना विद्यार्थीलाई प्रहरी नियन्त्रणमै राख्ने र संचालक बाबुराम पौडेललाई निगरानीमा राखिने प्रहरीले जनाएको छ।

    सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविमा १० कक्षामा अध्ययनरत तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार दिउँसो मर्स्याङ्दीले बगाएर मृत्यु भएको थियो।

    होस्टेलमा बसेका विद्यार्थीलाई वार्डेनले बोलाएर पौडी खेल्न गएको र मृत्यु भएको भन्दै पीडित परिवार आक्रोशित छन्। उनीहरुले विद्यालयका संचालक बाबुराम पौडेल र वार्डेन सरोज अमलियालाई कारबाहीको माग गरेका छन्। पीडितपक्ष कानुनी प्रक्रियाबाट अघि बढ्न सहमत भएपछि निषेधाज्ञा खुलेको हो।

    मृतकका बुवा महेन्द्र श्रेष्ठले कुनै हालतमा स्कुलका संचालक बाबुराम पौडेल र होस्टेल वार्डेन सरोज अमलियालाई कारबाही गर्न माग यथावत रहेको बताएका छन्। संचालक पौडेलले कानुन बमोजिम राहत तथा क्षतिपूर्ति दिने र त्यसबाहेक केही गर्न नसक्ने अडान यथावत राखेका छन्।

    लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend