८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

भारतको पञ्जाबमा आम आदमी पार्टी विजयी


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • भारतको पञ्जाबमा आम आदमी पार्टी विजयी

    पञ्जाबमा आम आदमी पार्टीको आँधीमा राज्यका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह जस्ता शक्तिशाली नेताले पनि चुनाव हारे।

    पञ्जाब, २६ फागुन – पञ्जाबका दिग्गज नेता तथा पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी आम आद्‌मी पार्टीका उम्मेदवार अजितपाल सिंह कोहलीसँग पराजित भएका हुन् । यसपटक कप्तान कांग्रेसबाट हटेर छुट्टै पार्टी बनाइ चुनाव लडिरहेका थिए। साथै उनले यसपटक भाजपासँग गठबन्धन गरेका थिए।

    क्याप्टेन अमरिंदर सिंहले पटियालामा सन् २०१७ मा जितेका थिए। उक्त समयमा आम आदमी पार्टीका डा बलबीर सिंहलाई ५२४०७ मतले पराजित गरेका थिए। सो समय उनले कुल ६८.२९ प्रतिशत भोट पाएका थिए।

    राज्यको पटियाला अर्बन सिटलाई क्याप्टेन अमरिंदर सिंहको पारिवारिक गढ मानिन्छ। अमरिंदर सन् २००२, २००७, २०१२ र २०१७ मा लगातार चार पटक यहाँबाट विधायक बने। सन् २०१४ मा अमरिन्दर सिंहले अमृतसर लोकसभा सीटबाट चुनाव लडे र जितेर आफ्नो विधानसभा सीट त्यागे। उनले छोडेको सिटमा उनकी पत्नी प्रनीत कौरले उपचुनावमा जितेकी थिइन्।

    क्याप्टेन अमरिंदर सिंहको उमेर ७९ वर्ष छ । उनले पेश गरेको शपथ पत्र अनुसार उनको कुल सम्पत्ति ६८.७ करोड रहेको छ । भाजपाले पञ्जाबमा अमरिंदर सिंहको पञ्जाब लोक कांग्रेस र सुखदेव सिंह ढिन्डसाको शिरोमणि अकाली दल (युनाइटेड) सँग गठबन्धन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend